

राष्ट्रिय सभा सदस्य नारायण दाहालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज (मंगलबार) राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का भाइसमेत रहेका दाहाललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन्।

