श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकको चेतावनी


काठमाडौं – श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन ।

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका विरामी र नवजात शिशुहरुका लागि आवश्यक औषधी समेत अभाव देखिएपछि चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै ठप्प हुने र मानवीय समस्या आउनसक्ने भन्दै सडकमा निस्किएका छन् ।

देशका सबै अस्पताल बन्द हुने अवस्थामा रहेको भन्दै सरकारी मेडिकल अफिसर्स एशोसियसनका सचिव डा।सेनेगल फर्नाण्डोले अर्को दुई सातामा औषधी र उपचार नपाएर थुप्रै मानिसहरुले ज्यान गुमाउनुपर्ने चेतावनी समेत दिएका छन् । विरामीको उपचार हुन नसकेर ज्यान गयो भने कुनै पनि बेला अस्पतालहरुमा दंगा हुनसक्ने चिन्ता चिकित्सकहरुले ब्यक्त गरेका छन् ।

स्वास्थ्य अवस्था यति भयावह भईसक्दा समेत सरकारले सर्वसाधारणलाई आश्वस्त पार्न नसकेको भन्दै चिकित्सकहरु आक्रोशित भएका छन् ।

प्रतिक्रिया