
आईपीएल: दिल्ली र राजस्थान विजयी
काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स विजयी भएका छन्। आइतबार अपराह्न पहिलो खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ४४ रनले पराजित गर्यो भने राति दोस्रो खेलमा राजस्थानले लखनऊ सुपर जायन्टलाई ३ रनले हरायो।
राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्र बनाउन सक्यो।
यसअघि पहिलो खेलमा दिल्लीले दिएको २१६ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभर सबै विकेट गुमाउँदै १७१ रनमा समेटियो।
जितसँगै राजस्थान ४ खेलमा तीन जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ। पाँच खेलबाट तीन जित निकालेको कोलकाता दोस्रो स्थानमा छ। तीन खेलमा शतप्रतिशत जित निकालेको गुजरात तेस्रो स्थानमा छ।



कागजपत्र |
