आफैँले महाअभियोग लगाएको प्रधानन्यायाधीश राणालाई पदकले सम्मान गर्दै सरकार


काठमाडौँ– आगामी वैशाख १ गते सरकारले पदक वितरण गर्दैछ।। गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै राष्ट्रपतिबाट वितरण हुने पदकबारे जानकारी गराएको हो। सँगै पदक पाउने व्यक्तिहरुको विवरण पनि सार्वजनिक गरिएको हो

पदक पाउने सूचीमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमेत छन्। राणालाई महाउज्ज्वल राष्ट्रदीप प्रदान गर्न लागिएको हो। जबरा सत्ता गठबन्धनकै सांसदले महाअभियोग दर्ता गरेपछि निलम्बनमा परेका हुन्। सुरुमा पदक दिने घोषणा गरेको सरकारकै दलका सांसदले पछि उनीविरुद्ध महाअभियोग दर्ता गरेका थिए।

संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव सरकारले तत्काल अगाडि बढाउन नचाहँदा उनको निलम्बन अवधि लम्बिएको छ। महाअभियोग सिफारिस समिति गठन भए पनि महाअभियोग प्रस्तावमा छलफल नै सुरु भएको छैन। प्रतिपक्षीले नै संसद् अवरुद्ध गर्दा सरकारलाई थप सहज भएको छ।

प्रतिक्रिया