
रिलाजको प्रश्न : देउवाको भ्रमण पारिवारिक हो कि प्रधानमन्त्री हैसियतले हुन लागेको?
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आजबाट हुन लागेको भारत भ्रमणप्रति प्रमुख प्रतिपक्षी दल एमालले प्रश्न उठाएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रीस्तरीय भ्रमण राष्ट्रिय सहमतिमा हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दललाई थाहै नदिएको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा भनेका छन्,‘सबैभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँ (प्रधानमन्त्री)ले कुनै छलफल गर्नुभएको छैन। त्यसैले स्वाभाविक रूपमा प्रश्न उठेको छ’ उनले भनेका छन्,‘यो भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो ?’ चारमन्त्रीसहित देउवा आज भारत भ्रमणमा जाँदैछन्। भारतमा रहँदा देउवाका समकक्षी मोदीसहित विभिन्न व्यक्तिसँग भेटघाट रहने छ।



कागजपत्र |
