मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन? यसरी हेर्नुहोस्


काठमाडाैँ- आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ। मतदानमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुँदैछन्।  वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

आयोगले मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ। अब स्थानीय तहको निर्वाचन अघि मतदाता नामावलीमा कसैको नाम थपघट गर्न पाइने छैन।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा गएर आफ्नो नाम हेर्न सक्नेछन्।

आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ। त्यसमा नागरितकतामा उल्लेख भए बमोजिको आफ्नो नाम राखेपछि सबै विवरण हेर्न सकिन्छ। नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया