

५ वर्षका उपलब्धि उल्लेख गर्दै एमालेले स्थानीय तहमा अलग्गै प्रतिबद्धतापत्र बनाउने

‘स्थानीय तहको प्रतिवद्धता पत्र देशैभरी एउटै ढाँचामा हुनेछ,’ एमालेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, स्थानीय तहमा पाँच वर्षको कामको संक्षिप्त समिक्षा गर्दै केन्द्र, प्रदेश र पालिका सरकारबाट गरिएका काम र प्राप्त उपलब्धीलाई उल्लेख गर्नुपर्नेछ ।’
स्थानीय तहको प्रतिवद्धता पत्र निमार्ण गर्दा विज्ञहरूसँग छलफल गर्न समेत एमालेले निर्देशन दिएको छ ।

