मन्त्रिपरिषद्‌ बैठक जारी, तीन डिआइजीलाई एआइजीमा बढुवाको निर्णय हुँदै


काठमाडौँ– आज(बिहीबार) बिहान ८ः३० देखि मन्त्रिपरिषद् बैठक जारी छ। बैठकले तीन नायब प्रहरी महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने बताइएको छ ।

सरकारको बढुवा समितिले वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।उनीहरूविरुद्ध घनश्याम अर्याल, इश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

आयोगले उजुरीकर्ताको पक्षमा निर्णय गरेन । आज उजुरीकर्ता यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा थिए । तर सर्वोच्च नपुग्दै मन्त्रिपरिषद्ले बढुवाको निर्णय गर्न लागेको हो ।

त्यस्तै शुक्रबार प्रधानमन्त्रीको भारत भ्रमणलाई समेत स्वीकृत गर्ने तयारी छ । देउवासहित ४० सदस्यीय टोलिको भ्रमण स्वीकृत गर्ने तयारी छ।

प्रतिक्रिया