वैदेशिक रोजगार विभागले श्रम स्वीकृति रद्द गर्ने अधिकार कार्यालय प्रमुखलाई नै दियो


काठमाडौँ– श्रम स्वीकृति रद्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ । वैदेशिक रोजगार विभागको फागुन १२ गतेको निर्णयअनुसार श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालय प्रमुखलाई अधिकार दिइएको हो । श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालयमा नै सम्पर्क गर्न  विभागले सबैमा अनुरोध गरेको छ । त्यसका लागि विभागमा आइरहनु नपर्ने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

यस्तै, बिमा रकम भुक्तानी सम्बन्धीको सेवासमेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने भएको छ । बिमा रकम भुक्तानीका लागि विभागबाट सम्बन्धित कामदारले श्रम स्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधानसमेत हटाइएको विभागले जनाएको छ ।

सम्बन्धित बिमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीबाटै श्रम स्वीकृति लिएको/नलिएको रुजु गर्न सक्ने व्यवस्था मिलाइएको महानिर्देशक पौडेलले बताए ।

प्रतिक्रिया