

केन्द्रीय समितिमा डा. कोइरालाको प्रश्न- कांग्रेसले केका लागि किन र कोसँग गठबन्धन गर्ने ?

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने धारणा राखेका छन्।
जारी केन्द्रीय समितिमा बोल्दै कोइरालाले कांग्रेसले कोसँग, किन र केका लागि गठबन्धन गर्ने भन्दै नेतृत्वप्रति प्रश्न गरेका हुन्।
‘गठबन्धन कोसँग, किन र केका लागि गर्ने? गठबन्धनभन्दा पार्टी एकतामा ध्यान दिऔँ, जोड दिऔँ,’ कोइरालालाई उदृत गर्दै केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘गठबन्धन गर्छु, गर्दिनँ भन्दा पनि तलबाटै पार्टी एकताको सहकार्य गरौँ।’
गठबन्धनको विषयमा केन्द्र निर्णय गरेर नहुने उनको भनाइ छ।

