
हरियो रंगको मतपत्रबाट तर्सिनेहरु निर्वाचनको मत परिणामबाट पनि तर्सिनेछन् : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरु निर्वाचनको परिणामबाट पनि तर्सिने दाबी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा शर्माले आफूलाई बलियो भन्ने नेकपा ९एमाले० मतपत्रको रंगबाट तर्सिएको भन्दै अब निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दाबी गरे ।
महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको विकासलाई डायनासोर विकासको संज्ञा दिए । ठुलो ठुलो विकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उनको भनाइ छ ।
उनले आगामी निर्वाचनमा तालमेल गर्ने अधिकार मातहतका समितिलाई दिनुपर्ने र यस विषयमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने बताए । शर्माले आगामी निर्वाचनमा कांग्रेस सही विचार र दृष्टिकोणसहित जनतामा जाने र देशको ठुलो र बहुमतको पार्टी बन्ने धारणा राखे ।



कागजपत्र |
