
स्थानीय तहको निर्वाचन : आज आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने
काठमाडौँ– आज निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। वैशाखमा हुने स्थानीय चुनावलाई निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो।
नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दाबी विरोधका लागि एक साताको समय दिएको थियो। आयोगका अनुसार दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेका छन्। अब एक करोड ७७ लाखभन्दा बढी मतदाता कायम भएका छन्।
आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन। आयोगले वडा, ७५३ पालिका र ७७ वटै निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाता सूची तयार पारेको छ। ०७९ वैशाख २९ सम्म १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिइने आयोगले बताएको छ।



कागजपत्र |
