
कास्की अदालतकाे ढाेका फाेडियाे, मिसिल चोरी भएको आशङ्का
कास्की – कास्की जिल्ला अदालतमा हिजाे मङ्गलवार राति तोडफोड भएको छ । अदालतको ६ नम्बर इजलासको ढोका फोडिएको हो । घटनाबारे अनुसन्धान सुरु भएको छ ।
मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतका सूचना अधिकारी निल पनेरुले बताए । बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्, पनेरुले भने, नयाँ भवन भएकोले सीसीटीभी क्यामेरा राखिएको छैन ।
प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसिल चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारेमा कर्मचारीले छानबिन गरिरहेका छन् । तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको र फिङ्गर प्रिन्ट हेरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
