‘एमसीसीबारे बुझाएर कांग्रेसको पक्षमा भोट माग्नुपर्छ’


काठमाडाैँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन्।नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ ले मंगलबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने कांग्रेस हो भनेर जनतामाझ जानुपर्ने र कांग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे।

एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, ‘कांग्रेसले एमसिसी पास गर्याे, त्यही कारण कांग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ।’ एमसिसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ थियो।

नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसीसीको विरोध गर्नेहरू राष्ट्रघाती भएको आरोप लगाए। ‘देश विकास गर्ने पार्टी कांग्रेस हो, देशलाई कांग्रेसले मात्रै बलियो बनाउँछ,’ पौडेलले भने, ‘देशको भविष्य सोचेर कांग्रेसले दूरदर्शी निर्णय गरेको छ। यही कुरा जनतालाई बुझाउनुपर्छ।’

प्रतिक्रिया