होटल हायात र याक एन्ड यतीका सञ्चालक सर्राफको निधन


काठमाडाैँ- नेपालका प्रख्यात होटल व्यवसायी राधेश्याम सर्राफको दिल्लीमा निधन भएको छ। भारतीय राजधानी सहर दिल्लीको मेदान्त अस्पतालमा उपचारको क्रममा ९२ वर्षको उमेरमा सर्राफको सोमबार राति निधन भएको हो।

नेपालका प्रसिद्ध होटल व्यवसायी सर्राफ हायात र याक एन्ड यतीका सञ्चालक हुन्। हाल उनका छोराले यी होटल हेर्दै आएका छन्। सर्राफको पार्थिव शरीर काठमाडौं नै ल्याएर अन्त्येष्टि गरिने बताइएकाे छ।

प्रतिक्रिया