राष्ट्रिय दलको मान्यता नपाएका दलहरुले आफ्नो चुनाव चिह्न पाउने


काठमाडौं – राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।

राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई उनीहरुकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक भएको हो ।

तर त्यसका लागि दलहरुले कुन कुन जिल्लाामा आफ्नो दलको संगठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नु अघि नै निर्वाचन आयोगलाई दिनुपर्नेछ ।

प्रतिक्रिया