चुनाव केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।

बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिएका हुन् ।

उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एक सांसदले जानकारी दिए ।

प्रतिक्रिया