दुई दिनदेखि हराइरहेकी महिलाको शव तमोर किनारमा भेटियो


धनकुटा – वृद्धाश्रममा बस्दै आएकी एक महिलाको शव धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर नदी किनारमा फेला परेको छ। धनकुटा ९ मूलघाटमा रहेको विश्रान्ती वृद्धाश्रममा बस्दै आएकी ५६ वर्षीया देवी लामिछानेको शव मंगलबार नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता सुरज कार्कीका अनुसार लामिछाने दुई दिनदेखि बेपत्ता थिइन्।नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लामिछाने दृष्टिवीहिन थिइन्। मृतकको शरीरमा केहि चोट देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया