

स्थानीय तह निर्वाचनका लागि पाँच दलको गठबन्धन

अर्घाखाँची – अर्घाखाँचीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धन भएको छ ।
सोमबार संयुक्त गठबन्धनले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर चुनावी एकताबारे जानकारी गराएको हो ।
जसअन्तर्गत स्थानीय तह निर्वाचन, प्रदेश र संघसम्मको निर्वाचनका लागि गठबन्धन कायम रहने कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए ।
बैठकमा कांग्रेसबाट केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट छमकुमारी चिनारी, नेकपा एकीकृत समाजवादीका रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका सेरबहादुर बिसी, थम्मन केसी, समाजवादी पार्टीका जिन्दग खड्का लगायत सहभागी थिए ।
बैठकले चुनावी अभियानलाई चैत्र ११ गतेदेखि घरदैलो अभियानका रुपमा लैजाने निर्णय समेत गरेको छ ।

