जसपा केन्द्रीय समितिको बैठक आज पनि बस्दै


काठामडौं – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकको दोस्रो बैठक आज पनि बस्दै छ । जसपाको केन्द्रीय कमिटि बैठक कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सुरु भएको हो ।

पहिलो दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।

पार्टीमा यसअघि देखिएको विभिन्न विवाद समाधान भइसकेको र पार्टी एक ढिक्का भएर चुनावमा जाने जसपा संघीय परिषद्को बैठकले घोषणा गरेको थियो । परिषद्को बैठक फागुन २८ गते बानेश्वरको एक पार्टी प्यालेसमा बसेको थियो । सम्भवतः केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने तयारी रहेको नेता सुमनले बताए ।

प्रतिक्रिया