
कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि बारामा आज मतदान हुँदै
बारा – नेपाली कांग्रेस बाराको जिल्ला सभापति चयनका लागि आज ९आइतबार० दोस्रो चरणको मतदान हुने भएको छ। शनिबार तय भएको मतदान आजका लागि सारिएको हो।
शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन सकेका थिए। तीनमध्ये धेरै मत ल्याउने दुई जनाबीच आज दोस्रो चरणको निर्वाचन हुन लागेको हो। आज बिहान ८ बजेदेखि मतदान सुरु हुने एक नेताले जानकारी दिए।
पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार राजेश रायले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याएका थिए। राय र बुढाथोकी संस्थापन पक्षका हुन् भने यादव संस्थापनइतरका हुन्। आज राजेश राय र शम्भुबहादुर बुढाथोकीबीच प्रतिस्पर्धा हुन लागेको हो।



कागजपत्र |
