गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेट


काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले भेटवार्ता गरेकी छन् । राजदूत यान्छी खाणलाई भेट्न गृह मन्त्रालय पुगेकी थिइन् ।

उक्त भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ । भेटमा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो ।

चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर अहिलेसम्म उनको नेपाल भ्रमणबारे औपचारिक निर्णय भएको छैन ।

प्रतिक्रिया