कर्णाली प्रदेशका माओवादी सांसद बिष्टले गरे पार्टी परित्याग


काठमाडौं – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

गैर सांसदलाई मन्त्री बनाएदेखि रुष्ट बनेका बिष्टले आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीभित्र रुपान्तरणका लागि आवाज उठाए पनि त्यसको सुनुवाइ नभएको भन्दै आफूले पार्टी त्यागेको बिष्टको भनाइ छ ।

प्रतिक्रिया