प्रदेश सभामा हारेका जोशीलाई देउवाले दिए प्रदेश प्रमुखको उपहार


काठमाडौं – सरकारले केही दिन अगाडि तीन ओटा प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाएर नयाँ प्रदेश प्रमुख पठाउने मन्त्रिपरिषद्‍बाट निर्णय गरेको छ ।

सोही निर्णयअन्तर्गत कर्णाली प्रदेशमा नयाँ प्रमुख भएर यज्ञराज जोशी जाने तयारीमा छन् । राष्ट्रपति कार्यालयबाट नियुक्त भएसँगै उनी कर्णाली प्रदेशमा हाजिर हुने तयारीमा रहेका छन् ।

कर्णालीमा यस अगाडि माओवादी केन्द्रबाट प्रदेश प्रमुख रहेका तिलक परियारलाई नयाँ सत्तासमिकरणले फिर्ता बोलाएसँगै कर्णाली कांग्रेसको भागमा परेको थियो । जसअन्तर्गत कांग्रेसबाट जोशी नयाँ प्रदेश प्रमुख बने ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका जोशी २०७४ सालको प्रदेश सभा निर्वाचनमा कञ्चनपुर-३(१) मा एमालेका प्रकाश रावल (हाल एकीकृत समाजवादी)सँग पराजित भएका थिए । यस्तै पछिल्लो निर्वाचनमा सो निर्वाचन क्षत्रे तत्कालिन सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीको भागमा पर्यो ।

सभापति शेरबहादुर देउवा निकट मानिने उनी १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनै देउवाले यस पटक भने जोशीलाई प्रदेश प्रमुखको गिफ्ट दिएका हुन् ।

प्रतिक्रिया