गण्डकी सरकारविरुद्ध सर्वोच्च पुग्याे कांग्रेस


काठमाडौं- नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वाेच्चमा रिट दर्ता गराएकाे हाे ।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणागरेका थिए । साेही विषयमा कांग्रेसले  रिट दायर गरेकाे हाे।

संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ ।

प्रतिक्रिया