हजारका नक्कली नोटसहित विपना पक्राउ


काठमाडौं- नेपाली नक्कली नोटसहित जाजरकोटको छेडागाड नगरपालिका–५, थलह बजारबाट एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा छेडागाड–१०, काफ्लाकी ३२ वर्षीया विपना बुढा छिन् ।

नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया