संसदमा गृहमन्त्रीले भने- मलाई प्रधानमन्त्री स्विकार्ने काँग्रेसको अफर डेट एक्सपायर भयो कि बाँकी छ ?
काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको काँग्रेसको आरोपप्रति संसदको बैठकमा जवाफ दिएका छन् ।
आज पहिलो पटक उनले संसदमा यस विषयमा बोलेका हुन् ।
लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाए ।
उनले भने, ‘म गृहमन्त्री बन्न नैतिकरुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने रु अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन । मलाई डेढ वर्ष प्रधानमन्त्री स्विकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ रु त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला ।’