

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं- कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हाे ।
बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

