भारतमा कोरोनाका कारण मृत्यु भएका ३ जनाको हजार दिनपछि दाहसंस्कार, कारण यस्तो


छत्तीसगढ- छत्तीसगढको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीन जनाको शवको एक हजार दिनपछि अन्तिम संस्कार गरिएको छ ।

राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा तीनै शव कंकालमा परिणत भएका थिए ।

अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा दाबी नगरिएका तीन जनाको शव राखेको समाचार प्रकाशित गरेको थियो ।

यो खबरपछि अस्पताल व्यवस्थापनले पनि यस विषयमा ध्यानाकर्षण गरायो ।

कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनुपर्ने थियो ।

अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो तर अनुमति पाएको थिएन । त्यसपछि यी शवहरू पीपीई किटमा राखिएका थिए । समाचार बाहिर आएपछि पीपीई किट खोल्दा त्यसभित्रको कागजमा मृतकको जानकारी लेखिएको थियो ।

त्यसपछि परिवारका सदस्यहरुको खोजी गरेर उनीहरुलाई जानकारी गराइएको थियो । परिवारको सहमतिपछि बिहीबार तीनै जनाको शवकाे प्रोटोकलअनुसार स्थानीय शवदाह स्थलमा दाहसंस्कार गरिएको छ । –बीबीसी हिन्दी

 

प्रतिक्रिया