
रुसद्वारा पश्चिमा देशमा हुने २ सय वस्तुको निर्यातमा प्रतिबन्दको घोषणा
रुस – पश्चिमा देशहरुमा आफ्नो देशबाट हुने २ सय वस्तुको निर्यातमा रोक लगाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् ।
पश्चिमा देशहरूले रुसको तेल र ग्यासमा लगाएको प्रतिवन्धको सामना रुसले गरिरहेको उनले बताए। तर उनले पश्चिमा देशहरुको प्रतिवन्धले रुसलाई फरक नपर्ने बरु रुस झन बलियो भएर निस्कने प्रतिक्रिया दिएका छन्।
सरकारका मन्त्री तथा सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै पुटिनले रुसमाथिको प्रतिवन्धले पश्चिमा देशहरुमा उर्जा संकट सुरु भईसकेको र उनीहरुले छिट्टै खाद्यान्न लगायतको संकट पनि ब्यहोर्नुपर्ने बताए । ‘हामीले सीमित आर्थिक लाभका लागि आफ्नो सार्वभौमिकतमाथि सम्झौता गर्न सक्दैन थियौं र अन्ततः रुस अझै आत्मनिर्भर बन्नेछ ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
युक्रेनमा आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिवन्धको जवाफमा रुसले निर्यात बन्द गर्ने घोषणा गरेको हो । सन् २०२२ को अन्त्यसम्म निर्यातमा रोक लगाइएको हो । रुसी प्रतिवन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै वनजन्य उत्पादनहरूको निर्यात ठप्प हुनेछ ।
त्यस्तै रुसी बन्दरगाहहरुमा विदेशी पानी जहाजहरूलाई प्रतिवन्ध लगाउने घोषणा पनि रुसले गरेको छ । रुसको निर्यात प्रतिवन्धले अमेरिका र युरोपेली ४ दर्जन बढी देशहरु प्रत्यक्ष प्रभावित हुनेछन् ।



कागजपत्र |
