अमेरिका र युक्रेनका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, थप सुरक्षा दिने बारे छलफल


वासिङ्टन – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ ।

उनीहरूबीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका छन् ।

वार्तापछि आधिकारिक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आज युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग फोनमा कुरा गरेको र उनीहरूबीच युक्रेनलाई थप सुरक्षा सहयोग र मानवीय सहयोग उपलब्ध गराउने समन्वयात्मक प्रयासहरूबारे छलफल भएको जनाइएको छ।

प्रतिक्रिया