खुमलटार पुग्यो चिनियाँ टोली, नेकपा विवादबारे प्रचण्डलाई के भन्यो?


काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले विभाजनको घोषणा बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा सोमबार भेटेको छ।

अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचैको चार सदस्यीय टोली खुमलटार पुगी नेकपाको विवाद हलका लागि सुझाव दिएको छ। उच्च स्रोतका अनुसार नेकपाको विवादले नेपालमा अस्थिरता निम्त्याउने र त्यसमा भारत र अमेरिकाले चीनविरोधी गतिविविधलाई बढाउने भएकाले तत्काल आन्दोलन रोकी वार्तामार्फत प्रधानमन्त्री केपी ओलीसँग सहमति गर्नका लागि सुझाव दिएको हो।

लामो समयपछि नेपालमा कम्युनिस्टको प्रभावकारी उपस्थितिलाई कमजोर बनाउन नहुने उनीहरुको सुझाव थियो। यहि विषय प्रधानमन्त्री ओलीसँग पनि टोलीले गरेको थियो।

प्रतिक्रिया