

पीएम कप : समूह चरणको अन्तिम खेलमा कर्णालीविरुद्ध ब्याटिङ गर्दै प्रदेश-२

लमही – दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा जारी महिला प्रधानमन्त्री कप टि–ट्वान्टी कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रदेश–२ ले कर्णाली प्रदेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
देउखुरी क्रिकेट मैदानमा प्रदेश–२ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशले केही बेरमा प्रदेश–२ विरुद्ध बलिङ गर्नेछ ।
आजको खेलमा दुबै टोली जित निकाल्दै सुखद विदाइको अपेक्षामा हुनेछन् । यसअघिका दुई खेलमा दुबै टोली पराजित छन् । प्रतियोगितामा कमजोर बनेको कर्णाली प्रदेश क्रिकेट आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ ।
पहिलो खेलमा एपीएफसँग लज्जास्पद हार बेहोरेको कर्णाली दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो । यता, प्रदेश–२ भने पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित हुन पुगेको थियो ।

