

थप १९४ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ३९४ नमूना परीक्षणमध्ये ७४ पीसीआर र १२० जनामा एन्टिजेन पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्मको मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ । यस्तै यो अवधिमा ३४८ जना निको भएका छन् ।
हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ रहेको छ । २४ घण्टामा २ लाख ३ हजार ६२५ जनाले खोप लगाएका छन् ।

