कर्णालीका ८५ सङ्क्रमित निको भए


कर्णाली–कर्णाली प्रदेशमा आज एकै दिन ८५ जना सङ्क्रमित निको छन् । कर्णाली प्रदेश सामाजिका विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले ८५ जना सङ्क्रमित निको भएको जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भने आज शून्य रहेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए । उनकाअनुसार हालसम्म छ हजार ९३९ पुगेको छ । ‘हालसम्म कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या सात हजार २७७ रहेको छ’, प्रमुख कँडेलले भने, ‘९५ प्रतिशत सङ्क्रमित निको भइसकेका छन् भने अब मात्र पाँच प्रतिशत बाँकी रहेका छन् ।’

उनका अनुसार कर्णालीमा आजका दिनसम्म कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कर्णालीमा ९५ हजार ६७१ व्यक्तिको आरटी पिसिआर परीक्षण गरिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

(रासस)

प्रतिक्रिया