पत्नी हत्यामा संलग्न पति ६ वर्षपछि कतारमा पक्राउ


काठमाडाैं – पत्नीको हत्या गरी फरार रहेका भनिएका सिराहको बिसनपुर गाउँपालिका–५ का ४० वर्षीय भोगेन्द्र यादव ‘विक्की मुस्कान’लाई प्रहरीले पक्राउ गरेको छ ।

२०७२ वैशाख १५ गते २५ वर्षीया पत्नी आरती परियार (यादव) लाई ललितपुरको लेले–९ फैडोलस्थित पीआईए पार्क जाने बाटोको जंगलमा धारिलो हतियारले घाटी रेटेर हत्या गरेपछि यादव फरार रहेका थिए ।

प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाको समन्वयमा कतारबाट कतार प्रहरीको सहयोगले यादवलाई पक्राउ गरेर नेपाल ल्याई थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखालाई बुझाइएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान र आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको जनाइएको छ ।

प्रतिक्रिया