

कच्चा तेलको मूल्य अस्वभाविक बृद्धि, प्रतिब्यारेल १३० अमेरिकी डलर

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भइरहेको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । आज विश्व बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्य प्रतिब्यारेल १३० रुपैयाँ पुगेको छ ।
तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० डलरभन्दा माथि पुगेको हो । यस्तै, आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ । यस्तै तरल प्राकृतिक ग्यासको मूल्य पनि प्रति ब्यारेल ५ डलरभन्दामाथि पुगेको छ ।
रुस र युक्रेनको युद्धको प्रभावले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको दोस्रो ठूलो पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक हो । यही मुलुक छिमेकी युक्रेनसँग सैन्य भिडन्तमा उल्झेपछि पेट्रोलियम पदार्थको मूल्यले दिनदिनै नयाँ कीर्तिमानी मूल्य कायम गर्दैछ ।
विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले नेपालमा समेत इन्धनको मूल्य बढेको छ । नेपाल आयाल निगमले समेत को घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ ।

