
पल शाह प्रकरणबारे डा. भट्टराईकाे टिप्पणी : मर्दकी दश वटी भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद
काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै मर्दकी दश वटी भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् ।
सामाजीक संजाल ट्विटर मार्फत टिप्पणी गर्दै उनले न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गरेका हुन् । उनले लेखेका छन् यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूतिरसमर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो।
अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो ।
यस प्रकरणमा मानवअधिकारवादी, सेलिब्रेटी र सार्वजनिक वृत्तबाट समेत भनाइहरू बाहिर आएका छन् । एक नवबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।
नाबालिक किशोरीको यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो।लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर शुरूमै न्याय प्रभावित नहोस। https://t.co/1r2JM9FlwH
— Baburam Bhattarai (@brb1954) March 3, 2022



कागजपत्र |