नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री निर्वाचित


विरगञ्ज – नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । प्रतिद्वन्द्वी संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै क्षेत्री विजयी भएका हुन् ।

कुल १ हजार ७ सय ७९ मत खसेकोमा ४५० मतले पटेललाई हराउँदै उनी सभापति पदमा निर्वाचित भएका हुन् । यसको औपचारिक घोषणा भने हुन बाँकी नै छ ।

कांग्रैस पर्साको उपसभापतिमा क्षेत्री समूहका नै रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम, सहसचिवमा नवीन सिंह र मदन प्रसाद यादव विजयी भएका छन् ।

नेपाली कांग्रेस पर्साको नेतृत्व चयनका लागि बिहीबार मतदान भएको थियो । गयरातिबाट मतगणना शुरु भएकोमा आज बिहान करिब साँढे सात बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

यसैबीच नवनिर्वाचित सभापति क्षेत्रीले नेपाली कांग्रेसलाई अब एक बनाएर लैजाने प्रतिबद्धता जनाउनु भएको छ । उनले नेपाली कांग्रेस पर्सालाई एक बनाएर अगाडि बढाउने र स्थानीय तहको चुनावमा कांग्रेसलाई सबै पालिकामा जिताउने आफ्नो लक्ष्य रहने बताएका छन् । उनी काँग्रेसको संस्थापन पक्ष निकट मानिन्छन् ।

प्रतिक्रिया