

राप्रपाले महाधिवेशनपछि फड्को मारेको छ : लोहनी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले का पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपाले महाधिवेशनपछि फड्को मारेको बताएका छन् ।
राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा लोहनीले जनताले राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताउँदै राप्रपाले महाधिवेशनपछि फड्को मारेको बताएका हुन् ।
‘कांग्रेस, एमाले र माओवादीको जस्ता ठूला राजनितिकहलहरुका कामबाट वाक्क भएर राप्रपालाई जनताले आशाका साथ हेरिरहेका छन्,’लोहनीले राप्रपाको केन्द्रीय कार्यसमिति बैठकलाई बिहीबार सम्बोधन गर्दै भने, ‘राष्ट्रवादी, प्रजातान्त्रिक छवि भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन् ।’
‘राप्रपा वैकल्पिक शक्तिको रुपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो ,’उनले भने । लोहनीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा पूर्ण तयारीका साथ लाग्न निर्देशन दिए । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक फागुन १८ र १९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

