रुसद्वारा युक्रेन आक्रमणको विरुद्धमा नेपालसहित १४१ मुलुककाे मतदान, भारत र चीनले किन हालेनन् भोट ?
एजेन्सी – संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको छ । एक साता अघि (गत बिहीवार) देखी भएको आक्रमणको नेपालसहित १४१ राष्ट्रले निन्दा गर्दै युक्रेनलाई समर्थन गरेको हो । उक्त कार्यक्रममा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमा सहभागी भएनन् ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो । उक्त प्रस्तावमा नेपाल र अमेरिकासहित विश्वभरका १४१ मुलुकहरूले पक्षमा मतदान गरेका हुन् । उनीहरूले रुसले युक्रेनमाथि गरिरहेको सैन्य कारबाही र बल प्रयोगविरुद्धको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।
यूएनमा १९३ सदस्य मुलुकहरू छन् । संयुक्त राष्ट्रसंघका अनुसार भारत र चीनसहित ३५ मुलुकहरूले प्रस्तावको पक्ष र विपक्ष दुवैमा भोट गरेनन् ।
उक्त प्रस्तावमा ‘राष्ट्रसंघको बडापत्रको धारा २ ९४० को उल्लंघन गर्दै युक्रेनविरुद्ध रुसी संघले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ ।
प्रस्तावमा ‘रूसी महासंघले युक्रेनविरुद्धको बल प्रयोग तुरुन्तै बन्द गर्न र कुनै पनि सदस्य राष्ट्रविरुद्ध कुनै पनि गैरकानुनी धम्की वा बल प्रयोग नगर्न’ माग गरेको छ ।