

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालले गरे छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज (बुधबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
आज बिहान ९:३० बजेदेखि १० बजेसम्म अध्यक्ष नेपालले र त्यसपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग बेग्लाबेग्लै भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो ।

