

सुनको मुल्य ६ सय रुपैयाँले घट्यो, तोलाको कति ?

काठमाडौं – साताको तेस्रो दिन आज (मंगलबार) पहेलो धातु सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घटेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

