

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज विशेष सम्बोधन गर्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज सोमबार विशेष सम्बोधन गर्ने भएका छन् ।
आइतबार बेलुका प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा उनले सम्बोधन गर्न लागेको माओवादीका एक नेताले बताए।
अध्यक्ष प्रचण्डले आज सोमबार अपराह्न ३ बजे उनकै निवास खुमलटारमा विशेष सम्बोधन गर्ने भएका छन् ।

