संसदभवन अगाडि ‘प्रेसर कुकर बम’ !


काठमाडौं – बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । एमसीसी पास भएकै भोलीपल्ट केही दलले नेपाल बन्दको घोषणा गरेका थिए ।

संसद भवनको सीधा अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो ।

अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ भने नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा आउँदै गरेको ट्राफिक व्यवस्थापनमा खटिएका एक प्रहरीले जनाए ।

प्रतिक्रिया