

सुनको भाउ प्रतितोला १६०० रुपैँयाले बढ्यो

काठमाडौं – नेपाली बजारमा आज(सोमबार) पहेँलो धातु सुनको भाउ बढेको छ।
आज सुनको भाउ प्रतितोलामा १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो(आइतबार) सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो। आज चाँदी पनि तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ।

