युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण : जेलेन्स्की


युक्रेन – युक्रेनका विभिन्न भागमा रुससँग युद्ध चलिरहेको अवस्थामा यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोन वार्ताका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबको २४ घण्टा महत्त्वपूर्ण हुने आफ्नो विश्वास रहेको बताएका छन्।

यूके सरकारका प्रवक्ताका अनुसार जोन्सनले रुसी आक्रमण सुरु भएयता जेलेन्स्कीलेको नेतृत्वको प्रशंसा गरे। युक्रेनको प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता यूके र साझेदार राष्ट्रहरूबाट उसले प्राप्त गर्ने विषयमा यूकेले हरसम्भव प्रयास गर्ने जोन्सनले थपेका छन्।

दुवै नेताले निरन्तर सम्पर्कमा रहने सहमति जनाएका छन्।

मस्कोले ग्यास आपूर्ति बन्द गर्न सक्ने ईयूको डर
ऊर्जाका लागि रुसमाथि युरोपेली सङ्घ ईयूको ठूलो निर्भरता छ। त्यसबाट मस्कोले पनि टन्न आम्दानी गर्छ र यी कुरालाई अहिलेको सङ्कटबाट अलग राख्न सकिन्न।

युक्रेनमाथि रुसी अतिक्रमणपछि ब्रसल्सले क्रेम्लिनलक्षित एकपछि अर्को प्रतिबन्ध लगाएको छ। सप्ताहान्ततिर ईयूका नेताहरूले रुसी केन्द्रीय ब्याङ्क र आफ्नो हवाई क्षेत्रमा रुसी विमानको उडानमाथि प्रतिबन्ध लगाउनुका साथै अस्त्र किन्ने र युक्रेनलाई पठाउने निर्णय गरेका छन्।

प्रतिक्रिया