नवनियुक्त ८ मन्त्री र १ राज्यमन्त्रीले आजै लिए सपथ


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपाभित्रको विवादपछि राजीनामा दिएका ७ मन्त्रीको स्थानमा थप २ जना थपेर ९ जनालाई विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् ।

शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा टोपबहादुर रायमाझीले उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साह शहरी विकास, मणि थापा खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले वन तथा वातावरण, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् । त्यस्तै विमला विश्वकर्मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेकी छन् ।

मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।

प्रतिक्रिया