सेयर बजार ७ अंकले घट्यो, कारोबार रकम ३ अर्ब २७ करोडमा सिमित


काठमाडौं –  साताको पहिलो दिन शेयर बजार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेको छ । शेयर बजार ०.७९ प्रतिशतले घटेर बजार २६५३.७० बिन्दुमा झरेको हो । आज कारोबारमा आएका कूल २२४ वटा कम्पनीको ७० लाख ४० हजार ५ सय ६३ कित्ता शेयर खरिदबिक्री भएका छन् । जसबाट ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्रोपावर उपसमूह र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ । आइतबार एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशतले बढेर ४ सय ६९ रूपैयाँ ९० पैसा पुगेको छ । आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

कम्पनीको सेयरमूल्य ४.५८ अंकले घटेर ७ सय ३० रूपैयाँमा झरेको छ । यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ४४ लाख २४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, एनटिसीको १९ करोड ६ लाख, नेशनल हाइड्रोपावरको १४ करोठ ४३ लाख, नेशनल लाइफ इन्स्योरेन्सको १३ करोड ४ लाख र अरुण भ्याली हाइड्रोपावरको १० करोड १९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया