उपकुलपतिको कार्यशैलीप्रति नेविसंघको भत्सर्ना, तुरुन्त बर्खास्तीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति जस्तो प्राज्ञिक व्यक्तिले विद्यार्थी र मातहतका कर्मचारीप्रति असभ्य शब्द प्रयोग गरेकोमा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरले भत्र्सना गरेको छ ।

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति कीर्तिपुरका सभापति हरि आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले पदीय मर्यादाविपरित लगाएका कलोपकल्पित आरोपहरु लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको उपकुलपति जस्तो प्राज्ञिक व्यक्तिले विद्यार्थी हक–हितका साथै विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि निरन्तर संघर्ष गर्दै आइरहेको नेवि संघ त्रिवि समितिको मूल नेतृत्वलाई आपराधिक गिरोह देख्नु, दिनरात नभनी विश्वविद्यालयबाट खटिने कर्मचारीहरुलाई काम नलाग्ने भन्नु र प्राध्यापकहरुलाई जुसे प्राध्यापकको संज्ञा दिँदै आफू पानीमाथिको ओभानो बन्नुले उनको प्राज्ञिक स्तरमाथि नै प्रश्न खडा भएको छ ।’

विज्ञप्तिमा ३२ लाख रुपैयाँ घुस नपाउँदा सम्बन्धन नै खारेज गरेको, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी डाक्टरलाई चिकित्सा शिक्षा अध्ययन संस्थानको डिन नियुक्ति र शिक्षण अस्पतालको निर्देशकमा दिनेश काप्mलेलाई नियुक्त गर्नु उनका अनियमितताका पराकाष्ठा भएको पनि उल्लेख गरिएको छ ।

विज्ञप्तिमा लथालिंग र भताभुंग भएको त्रिविको शैक्षिक, प्राज्ञिक र अन्य वातावरण सुधार गर्नका लागि त्रिविका वर्तमान पदाधिकारीलाई अविलम्ब बर्खास्तीको समेत माग गरिएको छ ।

विज्ञप्तिः

No description available.

प्रतिक्रिया